साउथह्याम्टनले ब्रेन्टफोर्डमाथि सहज जित निकालेको छ। इंग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति भएको खेलमा साउथहेम्टनले ४-१ को जित निकालेको हो।
घरेलु मैदानमा साउथह्याम्टनलाई जिताउन बेडनार्क, फर्नान्डोज, ब्रोजा र आदम्सले गोल गरे। ब्रेन्फोर्डका लागि जनेल्टकवले गोल गरे।
खेलको पाँचौ मिनेटमानै बेडनार्कको गोलबाट साउथहेम्पटनले सुरूआती अग्रता लिएको थियो। तर ब्रेन्टफोर्डले जनेल्टकव गोलमार्फत २३ औं मिनेटमा खेल बराबरीमा ल्यायो। खेलको ३७ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै साउथहेम्टनलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए।
दोस्रो हाफमा थप आक्रमक खेल खेलेको घरेलु टोलीले २ गोल थप्यो। खेलको ४९ औं मिनेटमा ब्रोजाको गोलबाट अग्रता दोब्बर बनाएको साउथहेम्पटनका लागि ७० औं मिनेटमा आदम्सले गोल गर्दै सानदार जित दिलाए।
यो जितसँगै साउथह्याम्टन २० खेलबाट २४ अंक बनाएर ११ औं स्थामा उक्लिएको छ। पराजित ब्रेन्टफोर्ड २३ अंकका साथ १३ औं स्थानमा छ। कोभिडका कारण एभरटन र लेस्टरको खेल भने स्थगित भएको थियो।