डिफेन्डिङ च्याम्पियन एथ्लेटिको बिल्वाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ।
ला लिगा च्याम्पियन एट्लेटिको मड्रिडलाई २–१ ले हराउँदै बिल्वाओ लगातार दोस्रो सिजन उपाधि नजिक पुगेको हो।
साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा बिहीबार राति भएको खेलमा बिल्वाओलाई जिताउन यारे अल्भारेज र निको विलियम्सले गोल गरे। एट्लेटिकोले एक गोल उपहार पाएको थियो ।
निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
खेलको ६२ औं मिनेटमा गोलरक्षक युनाई सिमोनको आत्मघाती गोलबाट एट्लेटिकोले सुरूवाती अग्रता लिएको थियो। तर, एट्लेटिकोले उक्त अग्रतालाई धेरै बेर जोगाउन सकेन ।
७७औं मिनेटमा यारे अल्भारेजले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसको चार मिनेटपछि निको विलियम्सले गोल गर्दै बिल्वाओलाई २-१ को अग्रता दिलाए।
इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटिएको थियो। त्यसको त्यसको प्रत्यक्ष असर ला लिगा च्याम्पियनलाई पर्यो। जोश जिमिनेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
त्यसपछि खेलमा थप गोल निस्कन नसक्दा बिल्वाओ विजयी भयो।
अब बिल्वाओले उपाधिका लागि रियल म्याड्रिडको सामना गर्नेछ। रियलले बुधबार राति बार्सिलोनालाई हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ। फाइनल खेल आइतबार राति हुनेछ ।