लिभरपुल र आर्सनलले कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। १० खेलाडीमा समेटिएको आर्सनलले लिभरपुललाई पहिलो लेगमा गोलरहित बराबरीमा रोकेको हो।
खेलको २४ औं मिनेटमै आर्सनल १० खेलाडीमा समेटिएको थियो। तर त्यसको प्रत्यक्ष फाइदा लिभरपुलले उठाउन सकेन।
आर्सनलका ग्रानिट झाँका सोझै रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए। साडियो माने र मोहम्मद सलाहबिना मैदान उत्रिएको लिभरपुलले आर्सनलमाथि कडा आक्रमण गर्न सकेन।
खेलभर ७९ प्रतिशत बल पोसेसन राखे पनि लिभरपुलले गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य भयो। दोस्रो लेग आर्सनलको मैदानमा २० जनवरीमा हुनेछ।
खेलको विजेताले उपाधिका लागि आगामी फेब्रुअरी २७ मा चेल्सीको सामना गर्नेछ। चेल्सी यसअघिनै टोटनहमलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ।