पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ। पिएसजीले घरेलु मैदानमा गए राति भएको खेलमा ब्रेस्टलाई २–० ले हराएको हो।
पिएसजीको जितमा एमबाप्पे र थिलो केरहरले गोल गरे। खेलको ३२औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरूबती अग्रता दिलाए।
पहिलो हाममा १-० ले अगाडि रहेको पिएसजीले दोस्रो हाफमा थप एक गोल गर्यो। उसका लागि खेलको ५३औं मिनेटमा थिलो केरहरले गोल गर्दै अग्रता दोब्बर पारे।
त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी २-० ले विजयी भयो।
यो जितसँगै पिएसजीले शीर्षस्थानमा ११ अंकको स्पष्ट अग्रता लिदै उपाधि यात्रालाई थप मजवुत बनाएको छ। पिएसजीको २१ खेलबाट ५० अंक छ । दोस्रो स्थानमा रहेको निसको ३९ अंक छ। पराजित ब्रेस्ट २५ अंक जोडेर १३औं स्थानमा छ ।