जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। आइतबार राति हेर्था बर्लिनलाई ४-१ गोल अन्तरले हराउँदै बायर्न म्युनिकले सानदार जित निकालेको हो।
हेर्थाको मैदानमा बायर्नलाई जिताउन कोरेन्टिन टोलीसो, थोमस मुलर, लोरी सानेले र सर्जी जिनाब्रीले गोल गरेका थिए।
खेलको २५ औं मिनेटमा कोरेन्टिन टोलीसोले गोल गर्दै बायर्नलाई सुरूआती अग्रता दिलाएका थिए ।
खेलको ४५ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई पहिलो हाफमा २-० को अग्रता दिलाए।
त्यसपछि खेलको ७५ औं मिनेटमा लोरी सानेले गोल गरेपछि बायर्नले ३-० को अग्रता बनायो।
खेलको ७९ औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई ४-० गोलको अग्रता दिलाए। तर लगत्तै ८० औं मिनेटमा जुर्गेनले गोल फर्काए पनि बायर्न हारबाट बच्न सकने।
यो जितसँगै बायर्नले २० खेलमा ४९ अंक जोडेको छ। उसले दोस्रो स्थानको डर्टमुण्डलाई ६ अंकले पछि पारेको छ।
यता २२ अंक जोडेको हेर्था १३ औं स्थानमा छ।