दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता आगामी चैत अन्तिम सातादेखि हुने भएको छ।
नेपाल स्पोर्ट्स एन्ड एभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिता आगामी चैत २६ गतेदेखि जेठ ७ गतेसम्म हुने भएको हो।
प्रतियोगिता पोखरा र काठमाडौंमा हुने आयोजकले जनाएको छ।
अघिल्लो संस्करणमा ७ टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटक ३ टिम थप गर्दै १० टिमबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका लागि खेलाडी छनोट गर्न फागुनमा अक्सन गरिने बताइएको छ।
अघिल्लो संस्करणको एनएसएलमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गरेका थिए।