यसै वर्ष कतारमा हुने फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले चिलीलाई हराएको छ।
कप्तान लियोनल मेसी बिनै मैदान उत्रिएको अर्जेन्टिनाले चिलीलाई २-१ गोल अन्तरमा हराएको हो।
अर्जेन्टिनाले यसअघि नै कतारको टिकट पक्का गरिसकेको छ।
शुक्रबार अर्जेन्टिनाको जितमा एन्जल डि मारियाले नवौं र लाउटारो मार्टिनेजले ३४ मिनेटमा गोल गरेका थिए। घरेलु टिम चिलीका लागि ब्रेरेटनले २० मिनेटमा गोल गरेका थिए।
छनोटका अन्य खेलमा ब्राजिल र इक्वेइडले एक एक गोलको बराबरी खेलेका छन् भने उरुग्वेले पाराग्वेलाई १-० गोलले पराजित गरेको छ।
अंक तालिकामा शीर्ष स्थानको ब्राजिलको ३६ र दोस्रो स्थानको अर्जेन्टिनाको ३२ अंक छ। दुवै टिम विश्वकपमा छनोट भइसकेका छन्। तेस्रो स्थानको इक्वेइडरको २४ र चौथो स्थानको उरुग्वेको १९ अंक छ।
कोलम्बिया १७ अंङ्क जोडेर पाँचौ, पेरु १७ अंक जोडेर छैटौं र चिली १६ अंक जोडेर सातौं स्थानमा छन्।
दक्षिण अमेरिकाबाट चार टिम सिधा विश्वकपमा छनोट हुँदा पाँचौ हुने टिमले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउनेछ।