इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई भित्र्याएको छ। उनी ६ महिनाका लागि क्लबमा भित्रिएका हुन्।
गत वर्षको युरो कपका दौरान हृदयघात भएपछि फुटबलबाट टाढा रहेका एरिक्सन फेरि मैदान फर्कन लागेका हुन्।
गत जुनमा फिनल्यान्डविरूद्धको खेलमा उनी मैदानमा अचेत भएका थिए।
२९ वर्षीय एरिक्सनले गत सिजन एटालियन क्लब इन्टर मिलानबाट लिगको उपाधि जितेका थिए।
बिरामी भएर मैदानबाट टाढा रहेका एरिक्सन र मिलानबीच गत डिसेम्बरमा सम्झौता तोड्ने सहमति भएको थियो।
मिलानमा २०२० मा आबद्ध हुनुअघि एरिक्सनले ७ वर्ष इंग्लिस क्लब टोटेनहमबाट खेलेका थिए।
उनले टोटेनहमबाट ३०५ खेल खेल्दा ६९ गोल गरेका थिए।