नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा मोरिससविरूद्ध सुरूआती अग्रता बनाएको छ।
काठमाडौंको दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका लागि सुजल श्रेष्ठले गोल गर्दै सुरूआती अग्रता दिलाएका हुन्।
उनले खेलको १० औं मिनेटमा गोल गरेका हुन्। नवीन गुरूङले प्रहार गरेको कर्नरमा आएको बललाई श्रेष्ठले गोलमा परिणत गरेका हुन्।
नेपालले अग्रता लिएको केही मिनेटमै मोरिससले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई नेपालका गोलकिपर किरणकुमार चेम्जोङले बचाउ गरेका थिए।
खेलको ११ औं मिनेटमा मरिससले पाएको पेनाल्टीलाई कप्तान एन्डी सोफीको प्रहार गरेका थिए। सोफीको प्रहारलाई लिम्बुले बचाएका थिए।