दक्षिण कोरिया फिफा विश्वकप फुटबलमा एसियाबाट छनोट हुने दोस्रो टोली भएको छ।
विश्वकप छनोट अन्तर्गत मंगलबार सिरियालाई २-० ले हराउँदै दक्षिण कोरियाले यसै वर्ष हुने विश्वकपका लागि स्थान पक्का गरेको हो।
दक्षिण कोरियालाई जिताउन किम जिन सु र क्वोन चाङ होनले एक-एक गोल गरे।
पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा किमले गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ७१ औं मिनेटमा क्वोनले गोल गर्दै दक्षिण कोरियालाई २-० को जित दिलाए ।
यो जितसँगै दक्षिण कोरियाले तेस्रो चरणको छनोटमा समूह ए मा २० अंक जोड्दै दोस्रो स्थानमा रहेर २ खेल अगाडिनै विश्वकपमा पुगेको हो। यो समूहबाट यसअघिनै इरान विश्वकपमा पुगिसकेको छ।
यो सँगै एसियाली मुलुक दक्षिण कोरिया लगातार १० सहित समग्रमा ११ औं पटक विश्वकपमा छनोट भएको हो।
सन् २००२ मा घरेलु भूमिमा आयोजना भएको विश्वकपमा दक्षिण कोरियाले सेमिफाइनलसम्म पुगेको थियो।