बुर्किना फासोलाई हराउँदै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ।
बुधबार राति भएको पहिलो सेमिफाइनलमा बुर्किनालाई ३-१ गोल अन्तरले हराउँदै सेनेगल उपाधि नजिक पुगेको हो।
सेनेगलको जितमा साडियो माने, इड्रीशा गुये र अब्दोउ डियालोको गोल गरे। बुर्किनाका लागि टौरेले गोल गरे।
पहिलो हाफ गोरहरित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो।
खेलको ७० औं मिनेटमा डियालोको गोलबाट सेनेगलले सुरूआती अग्रता लियो। त्यसको ६ मिनेट पछाडि गुयेले मानेको पासमा गोल गर्दै अग्रता दोब्बर पारे।
खेलको ८२ औं मिनेटमा बुर्किनाका लागि टौरेले गोल गर्दै खेलमा फर्कने संकेत देखाए। तर ८७ औं मिमेटमा सारको पासमा मानेले गोल गर्दै सेनेगललाई तेस्रोपल्ट प्रतियोगिताको फाइनलमा पुर्याए।
अब सेनेगलले आज हुने इजिप्ट र आयोजक क्यामरूनबीचको विजेतासँग उपाधिका लागि आइतबार प्रतिश्पर्धा गर्नेछ।