सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले सम्भावित हार टारेको छ।
१०औं चरणको खेलमा आर्मीले इन्जुरी समयको अन्त्यतिर गोल गर्दै जावलाखेल युथ क्लबसँग १-१ गोलको बराबरी खेलेको हो।
जावलाखेललाई अन्गुना जुनियरले गोल गर्दै पहिले अग्रता दिएका थिए। उनले खेलको ५४ मिनेटमा गोल गरेका थिए।
आर्मीका लागि सुमन अर्यालले दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा हेडमार्फत गोल गर्दै टिमको हार टारे।
बराबरीपछि जावलाखेलको १० खेलबाट ९ अंक भएको छ। जावलाखेल अंक तालिकामा एघारौं स्थानमा छ।
यता आर्मी भने २० अंक जोडेर दोस्रो स्थानमा छ। शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबको २३ अंक छ।