सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
शनिबार दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएका थिए।
खेलको ६२ मिनेटमा दयानन्द सिंहको गोलबाट मनाङले खेलमा अग्रता लिएको थियो।
थ्रीस्टारले ७१ मिनेटमा बराबरी गोल फर्कायो। थ्रीस्टारका लागि ऋतिककुमार खड्काले गोल गरेका थिए।
बराबरीपछि दोस्रो स्थानको मनाङको १० खेलबाट २० अंक भएको छ। शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबको २६ अंक छ।
तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १८ अंक रहेको छ। थ्रीस्टार भने १७ अंकसहित चौथो स्थानमा छ।