इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ।
लिभरपुलले रेलिगेसन क्षेत्रको पुछारमा रहेको बर्नलेलाई उसकै मैदानमा आइतबार १–० ले पराजित गर्दै शीर्ष स्थानको म्यान्टेस्टर सिटीसँग अंक दूरी छोट्याएको छ।
बर्नलेको मैदानमा लिभरपुललाई जिताउन मिडफिल्डर फाविन्होले निर्णायक गोल गरे।
खेलको ४० औं मिनेटमा फाविन्होले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाएका थिए।
पहिलो हाफमा १-० ले अगाडि रहेको लिभरपुलले उक्त अग्रता जोगाउँदै महत्वपूर्ण जित निकालेको हो।
जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानेचस्टर सिटीसँगको अंक दुरी ९ मा छोट्याएको छ। दोस्रो स्थानमा रहेको लिभरपुलको २४ खेलबाट ५४ अंक पुगेको छ। एक खेल बढी खेलेको सिटीको ६३ अंक छ। पराजित बर्नले २१ खेलबाट १४ अंक जोडेर पुछारमा छ।