क्रिष्टियानो रोनाल्डोले निर्णायक गोलमा ब्राईटनलाई हराउँदै इंग्लिस प्रमियर लिगमा म्यान्चेष्टर युनाइटेड चौथो स्थानमा उक्लिएको छ।
१० खेलाडीमा समेटिएको ब्राइटनलाई गएराती २-० ले हराउँदै म्यानचेस्टर युनाईटेड लिगको शीर्ष चारमा उक्लिएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा युनाइटेडले दुबै गोल गरेको थियो। रोनाल्डोले खेलको ५१ औं मिनेटमा गोल गर्दे सुरूआती अग्रता दिलाए।
५४ औं मिनेटमा डन्क रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ब्राइटन १० खेलाडीमा समेटियो।
ब्रुनो फर्नान्डेसले इन्जुरी समयको सातौं मिनेटमा गोल गर्दै युनाइडेटको जित सक्का गरे। उनले पोग्बाको पासलाई सदुपयोग गरेका थिए।
जितसँगै युनाइटेडको २५ खेलबाट ४३ अंक भएको छ। उसलाई समान खेलबाट वेस्ट ह्यामले ४१ तथा २२ खेलबाट ३९ अंकका साथ आर्सनलले पछ्यारहेका छन्।
चेल्सी ४७ अंकका साथ तेस्रो स्थानमा रहँदा ५४ अंक जोडेको लिभरपुल दोस्रो र लिगमा म्यानचेस्टर सिटी ६३ अंकका साथ शीर्ष स्थानमा छ।
युनाईटेडसँग पराजित भएको ब्राइटन ३३ अंकका साथ नवौं स्थानमा छ।