सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबारको अन्तिम खेलमा पूर्वच्याम्पियनद्वय नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
दशरथ रंगशालामा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो। खेलको २१ मिनेटमा ऋतिक कुमार खड्काले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए।
पुलिसका लागि अनुभवी खेलाडी सुमन सुवेदीले बराबरी गोल फर्काउ सफल भए। उनले खेलको ५१ मिनेटमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए।
बराबरीसँगै अंक तालिकाको चौथो स्थानमा रहेको थ्रीस्टारले १८ अंक जोडेको छ। यता पुलिस भने ११ अंक जोड्दै दशौं स्थानमा छ।
रेलिगेशन जोनमा रहेका पुछारका दुई क्लबभन्दा ५ अंकले मात्र अघि रहेको पुलिसलाई रेलिगेशनको दबाब परेको छ। रेलिगेसनबाट बच्नका लागि पुलिसले अब बाँकी रहेका दुई खेलमा अंक गुमाउनु नुहने अवस्था छ।
पुलिसभन्दा तल रहेका जावलाखेल युथको १० अंक छ। फ्रेन्ड्स र ब्रिगेड ब्वाइज क्लबको ७ अंक छ भने पुछारको च्यासल युथ क्लबको ६ अंक रहेको छ।