अखिल नेपाल फुटबल संघको १७औं कार्यसमिति बैठक फागुन १० गते सम्पन्न भएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेपाको अध्यक्षतामा भएको सो बैठकमा निम्न बमोजिमका निर्णयहरु पारित गरेको छ।
१. एन्फाको निर्वाचन निर्देशिका मस्यौदा समितिबाट प्रस्तावित निर्वाचन निर्देशिका मस्यौदा फिफा र ए.एफ.सी.मा पत्राचार गरी अनुमोदन भए पश्चात लागु गर्न आवश्यक छलफल भैरहेको र केही बुदाँहरुमा संशोधन तथा निर्देशन प्राप्त भएकाले उक्त मस्यौदामा थप छलफल र संशोधन गरी अन्तिम पूर्ण मस्यौदा प्राप्त भए पश्चात तीन दिन भित्र संघको आपतकालिन बैठक बसी उक्त बैठकबाट पारीत गर्ने निर्णय।
२. एन्फा एक्ट्राडिनरी कंग्रेस (विशेष साधारण सभा) बैठकको मिति विशेष कारणवश (निर्वाचन निर्देशिकाको पूर्ण मस्यौदा फिफा तथा ए.एफ.सी बाट अनुमोदन भै नआएको। पटक पटक स्थगित सुदै आएको हुँदा एन्फा निर्वाचन निर्देशिकाको पूर्ण मस्यौदा फिफा तथा एएफ.सी बाट अनुमोदन भए पश्चात बस्ने संघको आपतकालिन बैठकबाट एन्फा एक्ट्राअर्डिनरी कंग्रेस विशेष साधारण सभा बैठकको मिति निर्धारण गर्ने निर्णय।
३. एन्फाका सदस्य संस्थाहरु मध्ये जिल्ला फुटबल संघहरुको निर्वाचन पुर्व निर्धारित समय अनुसार २०७८ फागुन १५ देखि ३० गते भित्र सम्पन्न गर्नको निम्ति पत्राचार गरीएकोमा प्रविधिक कारणवश जिल्ला फुटबल संघहरुको निर्वाचन स्थगन गर्नु पर्ने भएकोले सचिवालयबाट अर्को सूचना जारी नभए सम्म स्थगित गर्ने निर्णय।