सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लब छैटौं स्थानमा सीमित बनेको छ। अन्तिम खेलमा थ्रीस्टारले ब्रिगेड ब्वाइज क्लबसँगको सम्भावित हार टार्यो।
एन्फा कम्प्लेक्समा भएको खेलमा दोस्रो हाफको इन्जुरी टाइममा दोना थापाले गोल गरेपछि थ्रीस्टारले १-१ गोलको बराबरी खेलेको हो।
त्यसअघि ब्रिगेडका अन्जन महर्जनले ५६ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए।
यससँगै लिगको सबै खेल खेलेको थ्रीस्टारले सिजनमा छैटौं स्थानमा सीमित रहने क्रममा १३ खेलबाट १९ अंक जोड्यो।
रेलिगेसनमा परेको ब्रिगेड १३औं स्थानमा रहदा ८ अंक जोड्यो।
यता दशरथ रंगशालामा भएको खेलमा जावलाखेल युथ क्लब र संकटाले १-१ गोलको बराबरी खेलेका छन्।
खेलमा जावलाखेलका सुनील खड्काले १४ मिनेटमा गोल गरेका थिए। संकटाका लागि उत्तम राईले ६१ मिनेटमा बराबरी गोलस फर्काए।
सिजनमा संकटा सातौं स्थानभन्दा माथि जान नसक्ने भएको छ। उसले १६ अंक जोडेको छ। आठौं स्थानको एपिएफको १५ अंक छ। त्यसपछि संकटाको स्थान पक्का हुनेछ।
यता जावलाखेल भने १० औं स्थानमा सीमित बन्ने सम्भावना छ। उसले १३ खेलबाट १४ अंक जोडेको छ।