त्रिभुवन आर्मी क्लब सिजनको सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो हुन सफल भएको छ।
शनिबार भएको आफ्नो अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग १-१ गोलको बराबरी खेल्दै आर्मीले दोस्रो स्थानमा लिग सकेको हो।
आर्मीले १३ खेलमा २३ अंक जोड्यो। मनाङ भने पाँचौ स्थानमा सीमित बन्यो। मनाङले १३ खेलबाट २१ अंक बटुल्यो।
यता आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३-१ गोलले पराजित गरेको न्युरोड टिम (एनआरटी) तेस्रो बनेको छ।
एनआरटीले दोस्रो स्थानको आर्मीसँग समान २३ अंक जोड्यो।
यता पूर्व विजेता पुलिस भने यो सिजन ११औं स्थानमा सीमित बन्यो। उसले १२ अंक बटुल्यो।