अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाले रूसलाई आफ्नो राष्ट्रिय झन्डा र राष्ट्रिय गानबिना खेल्न निर्देशन दिएको छ। साथै रूसका खेल न्यूट्रल भेन्यू (तेस्रो देश) मा खेल्न पनि भनिएको छ।
छिमेकी युक्रेनमाथि आक्रमण गरेपछि रूसलाई फिफाले यस्तो निर्देशन दिएको हो।
कतिपय देशले रूससँग खेल्न समेत अस्वीकार गर्ने बताइएको छ। जसमा जसमा इंग्ल्यान्ड, वेल्स, पोल्यान्ड, चेक रिपब्लिक र स्वीडेन रहेका छन्।
रूसले विश्वकप २०२२ को प्लेअफ पोल्यान्डसँग खेल्दैछ। यो खेल जितेमा चेक वा स्वीडेनविरूद्ध खेल हुनेछ । खेल आगामकी मार्चमा हुनेछ।
पोल्यान्डको फुटबल एसोसिएसनले फिफाको यो निर्णय अस्वीकार्य भएको बताएका छन्। यता स्विडेन र चेकका फुटबल संघले रूससँग नखेल्ने घोषणा गरिसकेका छन्।
युरोपियन महिला च्याम्पियनसिप आगामी जुलाईमा इंग्ल्यान्डमा हुनेछ। यो प्रतियोगितामा स्विडेन, नेदरल्यान्ड, स्विट्जरल्यान्ड र रूस एकै समूहमा छन्।
फिफाले विभिन्न संघसँग रूसलाई प्रतिबन्ध लगाउने विषयमा छलफल भइसकेको बताएको छ।