नेपाल सुपर लिग (एनएसएल) २०२२ को अक्सनका लागि खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ।
एनएसएलले अक्सनअघि तीन श्रेणीका खेलाडीको नाम सार्वजनिक गरेको हो।
ए डिभिजन लिग खेल्ने क्लबहरूले एनएसएलका लागि आफ्नो अनुमतिबिना खेलाडी आबद्ध नगर्न चेतावनी दिएको तीन दिनपछि एनएसएले अक्सनका लागि खेलाडीको नाम सार्वजनिक गरेको हो।
अब ए डिभिजन लिगका क्लबले केही समयका लागि खेलाडीलाई रिलिज गरेपछि एनएसएल टिममा आबद्ध हुने बाटो खुल्नेछ।
अक्सनका लागि ए श्रेणीका ४०,बी श्रेणीका १०१ र सी श्रेणीका १०१ खेलाडीको नाम राखिएको छ।
एनएसएलले अक्सन सूचीमा रहेका खेलाडीलाई दर्ता फारम भर्न पनि भनेको छ।
यसपटकको एनएसएलमा १० टिमबीच प्रतिस्पर्धा हुनेछ। १० टिमले अक्सनमार्फत आफ्नो टिममा खेलाडी भित्र्याउनेछन्।
आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजेमेन्टका अनुसार एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७, २०७९ सम्म हुनेछ।
प्रतियोगिता पोखरा र काठमाडौंमा हुने आयोजकले जनाएको छ।
यसपटक तीन टिम थपिदा पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए। पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो।
अक्सनका लागि खेलाडीको नाम