नेपालको पहिलो फ्रेन्चाइज लिग नेपाल सुपर लिग ‘एनएसएल’ को टोली ‘विराटनगर सिटी एफसी’ ले प्रशिक्षक र मार्की खेलाडी घोषणा गरेको छ।
एनएसएलको दोस्रो संस्करणका लागि क्लबले विष्णु गुरूङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
ए डिभिजन लिग क्लब संकटाका मुख्य प्रशिक्षक रहेका गुरूङलाई विराटनगर एफसीले यो सिजनका लागि मुख्या प्रशिक्षमा नियुक्त गरेको हो।
यस्तै राष्ट्रिय फुटबल टिमका डिफेन्डर रञ्जित धिमाललाई क्लवले मार्की खेलाडीमा अनुन्धित गरेको छ।
यसअघिको संस्करणमा पनि विराटनगरका मार्की खेलाडी धिमालनै थिए।
यस्तै क्लबले क्यामरूनका सेवी अर्लिचलाई टिममा अनुबन्ध गरेको छ। अर्लिच यसअघि पनि विराटनगरबाट खेलेका थिए।
एनएसएलमा विराटनगरसहित धनगढी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन्।
नेपाल सुपर लिग (एनएसएल) २०२२ को अक्सनका लागि खेलाडीहरूको नाम सार्वजनिक भइसकेको छ।
एनएसएलले अक्सनअघि तीन श्रेणीका खेलाडीको नाम सार्वजनिक गरेको हो।
अब ए डिभिजन लिगका क्लबले केही समयका लागि खेलाडीलाई रिलिज गरेपछि एनएसएल टिममा आबद्ध हुने बाटो खुल्नेछ।
अक्सनका लागि ए श्रेणीका ४०,बी श्रेणीका १०१ र सी श्रेणीका १०१ खेलाडीको नाम राखिएको छ।
एनएसएलले अक्सन सूचीमा रहेका खेलाडीलाई दर्ता फारम भर्न पनि भनेको छ।
यसपटकको एनएसएलमा १० टिमबीच प्रतिस्पर्धा हुनेछ। १० टिमले अक्सनमार्फत आफ्नो टिममा खेलाडी भित्र्याउनेछन्।
आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजेमेन्टका अनुसार एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७, २०७९ सम्म हुनेछ।
प्रतियोगिता पोखरा र काठमाडौंमा हुने आयोजकले जनाएको छ।
यसपटक तीन टिम थपिदा पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए। पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो।
ए डिभिजन लिग खेल्ने क्लबहरूले एनएसएलका लागि आफ्नो अनुमतिबिना खेलाडी आबद्ध नगर्न चेतावनी दिएको तीन दिनपछि एनएसएले अक्सनका लागि खेलाडीको नाम सार्वजनिक गरेको हो।