नेपाल सुपर लिग (एनएसएल) टिम ‘काठमाडौं रेजर्स एफसी’ ले प्रशिक्षक र मार्की खेलाडी घोषणा गरेको छ।
एनएसएलको दोस्रो संस्करणका लागि क्लबले बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको हो।
गत संस्करणमा महर्जनको नेतृत्वमा काठमाडौं च्याम्पियन बनेको थियो।
यता मार्की खेलाडीमा गोलकिपर विकेश कुथुलाई नै निरन्तरता दिइएको छ।
एनएसएलमा काठमाडौंसहित धनगढी एफसी, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन्।
नेपाल सुपर लिग (एनएसएल) २०२२ को अक्सनका लागि खेलाडीहरूको नाम सार्वजनिक भइसकेको छ।
एनएसएलले अक्सनअघि तीन श्रेणीका खेलाडीको नाम सार्वजनिक गरेको हो।
अब ए डिभिजन लिगका क्लबले केही समयका लागि खेलाडीलाई रिलिज गरेपछि एनएसएल टिममा आबद्ध हुने बाटो खुल्नेछ। अक्सन शुक्रबार हुने बताइएको छ।
अक्सनका लागि ए श्रेणीका ४०,बी श्रेणीका १०१ र सी श्रेणीका १०१ खेलाडीको नाम राखिएको छ।
आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजेमेन्टका अनुसार एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७, २०७९ सम्म हुनेछ।
प्रतियोगिता पोखरा र काठमाडौंमा हुने आयोजकले जनाएको छ।