नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि अहिले दश टिमले अक्सनमार्फत खेलाडी भित्र्याइरहेका छन्।
जारी अक्सनमा केही चर्चित खेलाडीमाथि भने कुनै पनि टिमले बोली लगाएका छैनन्। त्रिभुवन आर्मी क्लबका फरवार्ड नवयुग श्रेष्ठलाई कुनै पनि टिमले भित्र्याउन इच्छा देखाएनन्।
यस्तै थ्रीस्टार क्लबका कप्तान तथा मिडफिल्डर विक्रम लामा पनि कुनै टिममा भित्रिन सकेनन्।
दुवै खेलाडी ए श्रेणीमा थिए भने दुवैको न्यूनतम मूल्य १ लाख ५० हजार रूपैयाँ रहेको थियो।
दुवै खेलाडीलाई अन्तिममा टिमले आफ्नो कोटा पूरा गर्न टिममा आबद्ध गर्ने विकल्प भने बाँकी छ।
यता डिफेन्डर आसिस गुरुङ ३ लाख ५० हजारमा काठमाडौं रेजर्समा, डिफेन्डर विश्वास श्रेष्ठ १ लाख ५० हजारमा विरगन्ज युनाइटेडमा, मनिष डाँगी पनि १ लाख ५० हजारमा विराटनगर सिटी एफसी, डिफेन्डर सुमन अर्याल ३ लाख ५० हजारमा बुटवल लुम्बिनी एफसीमा, विराज महर्जन १ लाखमा काठमाडौंमा, गोलकिपर दीप कार्की ३ लाख ५० हजारमा विराटनगरमा, आबद्ध भएका छन्।
चौधरी ग्रुपअन्तर्गको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी एनएसएलको आयोजक हो। एन्फाले एनएसएलाई प्रावधिक सहयोग मात्र गर्ने गर्छ। यसको सबै व्यवस्थपान एनएसएलको गर्ने गर्छ।
एनएसएलको दोस्रो संस्करण आगामी चैत २६ देखि जेठ ७ २०७९ सम्म हुने बताइएको छ।
एनएसएलमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन्।