धनगढीमा जारी पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा सर्लाहीको बागमति युवा क्लब क्वाटरफाईनल प्रवेश गरेको छ।
ए डिभिजन क्लब न्युरोड टीम (एाआरटी) स्तब्ध पार्दै बागमतिले अन्तिम आठको यात्रा तय गरेको हो। धनगढी रंगशालामा शुक्रबार भएको खेलमा २–० को अग्रता जोगाउन नसक्दा एनआरटी बागमतिसँग पेनाल्टीमा ४–३ ले पराजित भयो।
निर्धारित समय २-२ गोलको बराबरीमा सकियो।
खेलको ६८ औं मिनेटमा एनआरटीका स्टेफेन समीरले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए।
७५ औं मिनेटमा एनआरटीकै लागि स्टेफेन समीरले पेनाल्टीबाट गोल गर्दै एनआरटीको अग्रता दोब्बर पारे।
एनआरटीका दिनेश घलेललाई बागमतिका अभिसेक बाईबाले लडाएपछि पेनाल्टी दिईएको थियो ।
खेलको ८३ औं मिनेटमा बागमतिका लाागि विमल घिसिङले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्याए। त्यसको दुई मिनेटपछि खेलको ८५ औं मिनेटमा बाकप्तान विजय घलानले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।
पेनाल्टी सुटआउटमा बागमतीका अमुल श्रेष्ठ, बिजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरे। उसका सुमन राई पेनाल्टीमा चुके।
एनआरटीका शिव गुरुङ, दिपेश घले र मेसुके ओलोमोउले गोल गरे। तर, आन्द्रे थिएरी र सन्जिब विष्टले पेनाल्टीमा गोल गर्न सकेनन्। खेलमा उत्कृष्ट प्रदर्शन गरेका afगमतिका गोलरक्षक मनोज प्रधान प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार प्राप्त गरे।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा शनिबार हिमालयन शेर्पा क्लब र जनजागृति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ।