पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा फर्किएपछि पहिलो ह्याट्रिक गरे। रोनाल्डोले शनिबार टोटेनहमविरूद्धको खेलमा ह्याट्रिक गरे।
३७ वर्षीय रोनाल्डोले ह्याट्रिकसँगै आफू अझै पनि फर्ममा रहेको सन्देश दिए।
टोटेनहमविरूद्ध रोनाल्डोले गरेको ह्याट्रिक उनको करिअरको ५९औं ह्याट्रिक हो।
यस्तै म्यानचेस्टरका लागि गरेको यो उनको दोस्रो ह्याट्रिक हो। उनले पछिल्लो पटक म्यानचेस्टरका लागि २००८ मा न्युकासलविरूद्ध ह्याट्रिक गरेका थिए।
रोनाल्डोले स्पेनिस क्लब रियल म्याड्रिडका लागि ४४ ह्याट्रिक गरेका थिए। यस्तै उनले इटालियन क्लब युभेन्ट्सबाट खेल्दा ३ ह्याट्रिक गरे।
पोर्चुगल तथा विश्वकै सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता रोनाल्डोले देशका लागि १० ह्याट्रिक गरेका छन्।
रोनाल्डो व्यवसायीक करिअरमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी समेत हुन्।
रोनाल्डोका चिरपरिचित प्रतिद्वन्द्वी लिओनल मेसीले करिअरमा अहिलेसम्म ५४ ह्याट्रिक गरेका छन्।
रोनाल्डो र मेसी मात्र व्यवसायीक करिअरमा ५० ह्याट्रिक पूरा गर्ने खेलाडी हुन्। तेस्रो स्थानमा पोल्यान्डका रोबर्ट लेवान्डोस्की र चौथो स्थानमा उरूग्वेका लुइस सुआरेज छन्।
व्यवसायीक करिअरमा बढी ह्याट्रिक गर्ने शीर्ष दश खेलाडी
क्रिस्टियानो रोनाल्डो - म्यानचेस्टर युनाइटेड – ५९ ह्याट्रिक
लिओनल मेसी – पिएसजी - ५४ ह्याट्रिक
रोबर्ट लेवान्डोस्की – वायर्न म्युनिख – २९ ह्याट्रिक
लुइस सुआरेज – एट्लेटिको म्याड्रिड – २१ ह्याट्रिक
ह्यारी केन – टोटेनहम- १८ ह्याट्रिक
मारियो गोमेज – संन्यास – १८ ह्याट्रिक
सर्जियो अग्युरो- संन्यास – १८ ह्याट्रिक
ज्लाटन इब्राहिमोविच – एसी मिलान- १७ ह्याट्रिक
इडिन्सन काभानी – म्यानचेस्टर युनाइटेड – १५ ह्याट्रिक
पियरी इमेरिक आउबामेयाङ - बार्सिलोना – १२ ह्याट्रिक