अखिल नेपाल फुटबल संघ (एन्फा) ले १८औं कार्यसमितिको बैठक बिहीबार सकिएको छ। दुई दिनसम्म बसेको बैठकले निर्वाचन कार्यतालिकामा हेरफेर गरेको छ।
एन्फाको केन्द्रीय कार्यसमितिको बैठक आगामी जेठ १५ मा हुँदैछ।
बैठकले निर्वाचन निर्देशीका संशोधन गर्ने र आगामी चैत १५ मा विषेश साधारणसभा बोलाउने निर्णय गरेको छ।
यस्तै यसअघि तोकिएको मितिमा हुन नसकेको जिल्ला फुटबल संघहरूको निर्वाचन आगामी वैशाख १ देखि १० गतेसम्म गर्ने एन्फाले निर्णय गरेको छ।
यस्तै नेपाल सुपर लिग (एनएसएल) को विवादको विषयमा अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलको संयोजकमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा रहनेछन्।
एनएसएल विवादको विषयमा कुरा गर्न एन्फाले चार ए डिभिजन क्लबसँग शुक्रबार छलफल गर्ने समेत बताएको छ।