मिल्स गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण चैत ११ देखि सुरू हुने भएको छ।
चैत १८ गतेसम्म विराटनगर जुट मिलको खेल मैदानमा प्रतियोगिता संचालन हुनेछ।
आयोजक समितिले शनिबार पत्रकार सम्मेलन गरि दोस्रो संस्करणको मिल्स गोल्डकपको तयारीबारे जानकारी दिएको हो।
प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ। गोधुली क्लब धरान, उर्लाबारी एघार मोरङ, गाइघाट एघार उदयपुर, साइनो स्पोर्टस क्लब विराटनगर, एन्फा एकेडेमी धरान, दमक एकेडेमी झापा, एसपीएफ पकली र गोलबजार प्रतिभा फुटबल क्लब सिराहा सहभागी हुने संयोजक किशोर सुब्बाले जानकारी दिए।
प्रतियोगिता विजेताले नगद २ लाख १ हजार रुपैयाँको साथै ट्रफी प्राप्त गर्नेछन्। उपविजेताले नगद १ लाख १ हजार रुपैयाँ पाउने छन्।
यसअघि प्रथम संस्करणमा विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गरेका थिए।
यस पटक प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले २५ हजार, म्यान अफ द म्याच हुने खेलाडीलाई ५ हजार रुपैयाँ रहेको छ।
यस्तै, उत्कृष्ट हुने खेलाडीलाई १५ हजार, उदयमान एक जना खेलाडीलाई २० हजार रहेको छ।
प्रशिक्षक, गोलकिपर, डिफेन्स, मिड फिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई जनही ७ हजार रुपैयाँ पुरस्कार रहेको छ। प्रतियोगिता सम्पन्न गर्न २५ लाख ३ हजार रहेको छ।