साफ यू-१८ महिला च्याम्पियनसिपम नेपालले खराब प्रदर्शन गरेको छ। भारतमा भइरहेको प्रतियोगिताका चारै खेलमा खेल्दा नेपाल सबै खेलमा पराजित भयो।
पहिलो खेलमा नेपालमाथि भारतले गोलको वर्षा गरेको थियो। पहिलो खेलमा नेपाल ७-० गोलले पराजित भयो।
दोस्रो खेलमा पनि नेपालको प्रदर्शनमा सुधार आउन सकेन। नेपालमाथि बंगलादेशले ४-२ को जित निकाल्यो। खेलमा नेपालका लागि दीपा शाही र अमिसा कार्कीले गोल गरेका थिए।
नेपाल, भारत र बंगलादेशबीच जारी प्रतियोगिताको दोस्रो चरणमा नेपालले प्रदर्शनमा सुधार ल्यायो।
दोस्रो चरणमा नेपालले भारतलाई ५-१ गोलले नतिजा सुम्पिएको थियो। खेलमा नेपालका लागि सुदिपा भोलानले गोल गरेकी थिइन्।
यस्तै बुधबार बंगलादेशविरूद्धको खेलमा नेपालले अग्रता जोगाउन सकेन। अमिसा कार्कीको गोलबाट सुरुवाती अग्रता लिएको नेपालले त्यसपछि दुई गोल खायो। जसका कारण नेपाल २-१ पराजित भयो।
अब भारत र बंगलादेशबीच हुने खेलको नजिताबाट च्याम्पियनको टुंगो लाग्नेछ।
प्रतियोगितामा नेपालले चार खेलमा १८ गोल खादा ४ गोल गर्न सफल भयो।
महिला यू-१८ साफमा नेपाल पहिलो पटक जितबिहीन बन्यो। यो साफ नेपाली यू-१८ टिमका लागि अहिलेसम्मकै खराब प्रतियोगिता बन्न पुग्यो।