जापान फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ।
एसिया छनोटको तेस्रो चरणको महत्वपूर्ण खेलमा अस्ट्रेलियालाई २-० पराजित गर्दै जापान लगातार सातौं पटक विश्वकपमा छनोट भएको हो।
समूहमा ‘बी’ को अन्तिम खेलअघि नै जापानले विश्वकपमा स्थान पक्का गरेको हो।
जापानले जित हात पारेसँगै साउदी अरेबिया पनि एसियाबाट विश्वकपमा छनोट भएको छ।
यता समूहमा तेस्रो भएको अस्ट्रेलियाको पनि विश्वकपमा छनोट हुने आसा बाँकी छ। उसले विश्वकप खेल्न अब एसियाबाट प्लेअफ जित्दै अन्तरमहादेसीय प्लेअफ पनि जित्न पर्नेछ।
यसअघि एसिया छनोटको समूह ‘ए’ बाट दक्षिण कोरिया र इरानले विश्वकपमा स्थान पक्का गरेका थिए।