फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिका छनोटमा ब्राजिलले सानदार जित हात पारेको छ।
यसअघि नै विश्वकपमा स्थान पक्का गरिसकेको ब्राजिलले शुक्रबार भएको खेलमा चिलीलाई ४-० गोलले पराजित गर्यो।
ब्राजिलका लागि नेइमारले ४४ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले अग्रता दोब्बर पारे।
७२ मिनेटमा काउटिन्होले पेनाल्टीमा गोल गर्दै ब्राजिलको अग्रता ३-० मा पुर्याए। दोस्रो हाफको इन्जुरी टाइममा ब्राजिलका लागि रिचार्लीसनले चौथो गोल गरेका थिए।
छनोटको अन्य खेलमा पाराग्वेले इक्वेइडरलाई ३-१, कोलम्बियाले बोलिभियालाई ३-० र उरूग्वेले पेरुलाई १-० गोलले पराजित गरेका छन्।
दक्षिण अमेरिकाबाट चार टिम सिधै विश्वकपमा पुग्ने प्रावधानअनुसार ब्राजिल र अर्जेन्टिना छनोट भइसकेका छन्।
शुक्रबारको खेलपछि इक्वेइडर र उरूग्वे पनि विश्वकपमा पुगेका छन्।
पाँचौ हुनेले पनि अन्तरमहादेशीय प्लेअफ खेल्न पाउने प्रावधानअनुसार पेरु, कोलम्बिया र चिलीको सम्भावना बाँकी छ।
छनोटमा अर्जेन्टिनाले भोलि विहान भेनेजुएलासँग प्रतिस्पर्धा हुनेछ।