पोर्चुगल र पोल्यान्ड फिफा विश्वकप २०२२ का लागि छनोट भएका छन्। युरोपियन छनोटको प्लेअफमा आ-आफ्ना खेल जित्दै दुवै टिमले विश्वकपमा स्थान पक्का गरका हुन्।
पोर्चुगलले मंगलबार राति भएको प्लेअफमा नर्थ म्यासेडोनियालाई २-० गोलले पराजित गर्यो।
उसको जितमा दुवै गोल ब्रुनो फर्नान्डेजले गरेका थिए।
उनले खेलको ३२ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले दिएको पासमा पहिलो गोल गरे।
६५ मिनेटमा जोटाले दिएको पासमा फर्नान्डेजले दोस्रो गोल गरे।
पोर्चुगल लगातार छैटौं पटक विश्वकपमा छनोट भएको हो। अब कप्तान रोनाल्डोले करिअरको पाँचौ विश्वकप खेल्नेछन्।
यता अर्को प्लेअफमा स्विडेनलाई २-० गोलले पराजित गर्दै विश्वकपमा स्थान पक्का गर्यो।
पोल्यान्डको लेवान्डोस्कीले ४९ मिनेटमा पेनाल्टी र जिलेन्स्कीले ७२ मिनेटमा गोल गरे।
अब युरोपबाट विश्वकपमा छनोट हुने एक टिमको टुंगो लाग्न बाँकी छ। जसमा स्कटल्यान्ड र युक्रेनबीच खेल हुनेछ। यो खेल जुनमा हुने तय छ। विजेताले वेल्ससँग भिड्नेछ। अब युरोपबाट वेल्स वा स्कटल्यान्ड र युक्रेन मध्ये एक टिम विश्वकपमा पुग्नेछन्।