फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकन छनोटमा ब्राजिलले सानदार जित निकालेको छ।
यसअघि नै विश्वकपम स्थान पक्का गरिसकेको ब्राजिलले अन्तिम खेलअघि बोलिभियालाई ४-० गोलले पराजित गर्यो।
ब्राजिलको जितमा पाक्युटाले २४ मिनेटमा पहिलो गोल गरे।
रिचार्लीसनले दुई गोल गर्न सफल भए। उनले खेलको ४५ मिनेटमा र दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।
ब्राजिलका लागि तेस्रो गोल ब्रुनो गुइमारेजले ६६ मिनेटमा गरेका छन्।
यता अर्जेन्टिनालाई इक्वेइडरले १-१ गोलको बराबरीमा रोकेको छ।
खेलको २४ मिनेटमा अल्भारेजले गरेको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो।
इक्वेइडरका लागि भ्यालेन्सियाले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल फर्काएका थिए।
दक्षिण अमेरिकन छनोटबाट ब्राजिल, अर्जेन्टिना, इक्वेइडर र उरूग्वे यसअघि नै विश्वकपमा छनोट भइसकेका छन्।
पाँचौ भएको पेरूले अन्तरमहादेशीय प्लेअफमा स्थान बनाएको छ। पेरूले अन्तिम खेलमा पाराग्वेलाई २-० गोलले हरायो।
यता उरूग्वेले आफ्नो अन्तिम खेलमा चिलीलाई २-० गोलले पराजित गर्यो।
अब दक्षिण अमेरिकन छनोटको अन्तिम खेलमा ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुन बाँकी छ। ब्राजिल र अर्जेन्टिनाबीचको खेल कोभिड-१९ का कारण स्थगित भएको थियो।