फिफा विश्वकप २०२२ अन्तर्गत पेरू अन्तरमहादेशीय प्लेअफमा पुग्न सफल भएको छ।
पेरूले दक्षिण अमेरिका छनोटमा पाँचौ स्थान हात पार्दै प्लेअफमा स्थान पक्का गरेको हो।
पाँचौ बन्ने क्रममा पेरूले अन्तिम खेलमा पाराग्वेलाई २-० गोलले पराजित गर्यो। पाँचौ भएको उसले २४ अंक जोड्यो। यससँगै २३ अंक जोडेको कोलम्बिया भने बाहिरियो।
अब पेरूले प्लेअफमा एसियन टिमसँग प्रतिस्पर्धा गर्नेछ।
एसियाको चौथो चरणमा अस्ट्रेलिया र यूएई भिड्दैछन्।अस्ट्रेलिया र युएईबीचको प्लेअफ आगामी जुन ७ मा कतारको राजधानी दोहामा हुनेछ।
यो खेलको विजेता अन्तरमहादेशीय प्लेअफमा पुग्नेछ। जसमा दक्षिण अमेरिका छनोटको पाँचौ भएको पेरुसँग भिडन्त हुनेछ।
एसियाको प्लेअफ विजेता र पेरूबीचको प्रतिस्पर्धा जुन १३ वा १४ मध्ये एक दिन हुनेछ। यो खेलको विजेता विश्वकपमा स्थान पक्का गर्नेछ।