लिभरपुलले अंक तालिकामा अग्रता लिएको केही घन्टामै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको अंक तालिकामा पुन: शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार भएको खेलमा सिटीले वर्नलीलाई २-० गोलले पराजित गर्यो।
सिटीको जितमा केभिन डे ब्रुएनाले नवौं मिनेटमा पहिलो गोल गरेका थिए। २५ मिनेटमा गुन्डोगनले सिटीको अग्रता दोब्बर पारे।
यता अर्को खेलमा चेल्सी भने पराजित भएको छ। चेल्सीलाई ब्रेन्टफोर्डले ४-१ गोलले पराजित गर्यो।
अंक तालिकाको शीर्ष स्थानमा रहेको सिटीले ३० खेलबाट ७३ अंक जोडेको छ। दोस्रो स्थानको लिभरपुलको ७२ अंक छ। तेस्रो स्थानको चेल्सीको ५९ अंक छ।
यसअघि शनिबार नै लिभरपुलले वाटफोर्डलाई २-० गोलले हराएर शीर्ष स्थानमा उक्लिएको थियो।