आगामी असार ६ गते हुने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि बी र सी डिभिजनबाट मताधिकार पाउने प्रतिनिधि छनोट शुक्रबार हुने भएको छ।
यसअघि विवादका कारण गत साताका लागि तय भएको प्रतिनिधि छनोटको निर्वाचन स्थगित भएको थियो। दुवै डिभिजनमा १४-१४ क्लब रहेका छन्।
एन्फा निर्वाचनका लागि बी डिभिजनबाट ११ क्लब र सी डिभिजन क्लबबाट ९ क्लबले मताधिकार पाउने व्यवस्था छ।
सी डिभिजनमा वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ पक्षका क्लबको बहुमत छ।
यस्तै बी डिभिजनमा दुवै पक्षबीच तीव्र प्रतिस्पर्धा छ।
असारमा हुने एन्फा निर्वाचनमा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ पक्षबीच प्रतिस्पर्धा हुने पक्का जस्तै छ।
बी डिभिजन र सी डिभिजन क्लबहरू :-