रियल म्याड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ।
आइतबार राति भएको खेलमा सेभियालाई ३-२ ले पराजित गर्दै रियल उपाधि नजिक पुगेको हो। खेलमा रियलले पहिलो हाफमा २-० ले पछि परेको स्थिति उल्टाएको हो।
खेलको २१ मिनेटमा राकिटिक र २५ मिनेटमा लामेलाले गोल गरेपछि सेभियाले २-० को अग्रता लियो।
रियलका लागि ५० मिनेटमा रोद्रिगोले पहिलो गोल गरे। ८२ मिनेटमा नाचोले बराबरी गोल गर्न सफल भए।
दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा करिम बेन्जेमाले गोल गरेपछि रियलले ३-२ को रोमाञ्चक जित हात पार्न सफल भयो।
जितसँगै रियलले अंक तालिकामा १५ अंकको अग्रता लिएको छ। उसले ३२ खेलबाट ७५ अंक जोडेको छ।
दुई खेल कम खेलेको दोस्रो स्थानको बार्सिलोनाको ६० अंक छ। तेस्रो स्थानको सेभियाको ३२ खेबलाट ६० अंक नै छ।
यता लिगको अर्को खेलमा एट्लेटिको म्याड्रिडले स्पान्योललाई २-१ ले हराएको छ। चौथो स्थानमा रहेको एट्लेटिकोले पनि ६० नै अंक जोडेको छ।