सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत मध्यपुर युथ एसोसिएसनसँगको खेलपछि अभद्र व्यवहार गरेको नयाँबस्ती युथ क्लब कारबाहीमा परेको छ।
गत ९ अप्रिलम मध्यपुरसँग ३-१ गोलले पराजित भएसँगै नयाँबस्तीका अफिसियल तथा खेलाडीले आफू बस्ने कुर्सी तोडफोड गरेका थिए भने अपशब्द प्रयोग गरेका थिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटीको सोमबार बसेको बैठकले क्लबलाई ३ लाख रूपैयाँ जरिवाना गरेको छ।
यस्तै क्लबका अफिसियल श्रीबहादुर योगीलाई २ वर्ष फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ।
यस्तै क्लबका म्यानेजर विकास राईलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्ष प्रतिबन्ध गरिएको छ।
नयाँबस्ती सिजनको बी डिभिजन लिगमा एघारौं भएको थियो।