पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेञ्च लिग वानको उपाधि नजिक पुगेको छ।
बुधबार एन्जर्सलाई ३-० गोलले पराजित गरेसँगै पिएसजी उपाधि नजिक पुगेको हो।
पिएसजीको जितमा एमबाप्पेले २८ मिनेटमा पहिलो गोल गरेका थिए।
सर्जियो रामोसले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा दोस्रो गोल गरे। मार्क्युन्होसले ७७ मिनेटमा तेस्रो गोल गरेपछि पिएसजी जित नजिक पुग्यो।
खेलमा पिएसजी लिओनल मेसी र नेइमबारबिना मैदान उत्रिएको थियो।
पिएसजी पछिल्लो दश वर्षमा आठौं फ्रेञ्च लिगको उपाधि नजिक छ।
अब आगामी शनिबार सातौं स्थानको लेन्ससँग एक अंक जोडे पिएसजीले चार खेलअघि नै लिगको उपाधि जित्नेछ।
अंक तालिकामा शीर्ष स्थानको पिएसजीको ३३ खेलबाट ७७ अंक छ भने दोस्रो स्थानको मार्सेको ६२ अंक छ।