पिएसजीले चार खेलअघि सिजनको फ्रेञ्च लिग वानको उपाधि जितेको छ।
शनिबार राति लेन्ससँग १-१ गोलको बराबरी खेल्दै पिएसजी दशौं पटक फ्रेञ्च लिग वानको उपाधि जितेको हो।
यससँगै पिएसजीले सर्वाधिक उपाधि जित्ने सन्ट टिटियनको कीर्तिमान बराबर गर्न सफल भयो।
शनिबार पिएसजीका लागि मेसीले ६८ मिनेटमा गोल गरे।
त्यसअघि ५७ मिनेटमा लेन्स १० खेलाडीमा सीमित भएको थियो। उसका डान्सो दोस्रो पहैँलो कार्ड पाँउदै मैदान बाहिरिए।
लेन्सका लागि जिनले ८८ मिनेटमा बराबरी गोल फर्काएका थिए।
पिएसजीले पछिल्लो १० वर्षमा आठौं पटक लिग वानको उपाधि जितेको हो।