अखिल नेपाल फुटबल संघ (एन्फा) को गोरखा जिल्ला अध्यक्षमा विशाल गुरूङ निर्वाचित भएका छन्।
गुरूङ ६ मतसहित निर्वाचित भएका हुन्। मंगलबार यहाँ अधिवेशन भएको थियो।
निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई गुरूङले अध्यक्षमा हराएका हुन्। दीपेन्द्रले जम्मा ४ मत मात्रै ल्याएका थिए।
एन्फामा ११ क्लव सदस्य थिए। एक मत भने खालि रहेकोले बदर भएको थियो।
उपाध्यक्षमा कमल पोखरेल, विकास तामाङ र सन्दिप पन्थी चयन भए भने सदस्यहरूमा अमित खत्री, छितिज गुरूङ, सुजन तामाङ, सबिन केसी, रविन थापा, सिमोन श्रेष्ठ, जीवन गुरुङ र अनिल श्रेष्ठ चयन भएका छन्।