इंग्लिस प्रिमियर लिगमा चेल्सीले दुई गोलको अग्रता जोगाउन नसक्दा अंक बाड्न बाध्य भएको छ।
चेल्सीले शनिबार भएको खेलमा वुल्भ्ससँग २-२ गोलको बराबरी खेलेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको १३ मिनेटभित्रमा लुकाकुले दुई गोल गर्दै चेल्सीलाई अघि बढाए।
उनले खेलको ५६ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गर्दा ५८ मिनेटमा अग्रता दोब्बर पारे।
वुल्भ्सका लागि ट्रिन्काओले ७९ मिनेट र कोएडीले दोस्रो हाफमा इन्जुरी मिनेटको सातौं मिनेटमा गोल गर्दा चेल्सीसँग अंक खोस्न सफल भयो।
लिगमा तेस्रो स्थानको चेल्सीको ३५ खेलबाट ६७ अंक छ।
दोस्रो स्थानको लिभरपुलको ३४ खेलबाट ८२ अंक छ। लिभरपुलले आज राति टोटेनहमसँग खेल्दैछ।
शीर्ष स्थानको म्यानचेस्टर सिटीको ८३ अंक छ। वुल्भ्स भने ५० अंक जोडेर आठौं स्थानमा छ।