पाँच पटकको विजेता ब्राजिल फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ।
लगातार दोस्रो जित निकाल्दै दोस्रो चरणमा पुग्ने क्रममा सोमबार राति ब्राजिलले स्विट्जरल्यान्डलाई १-० गोलले पराजित गर्यो।
ब्राजिलको जितमा कासेमिरोले गरेको गोल निर्णायक सावित बन्यो।
उनले खेलको ८३ मिनेटमा गोल गरेका थिए। रोद्रिगोले उपलब्ध गराएको पासमा उनले गोल गरेका थिए।
समूह ‘जी’ मा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि पहिलो खेलमा सर्वियालाई हराएको थियो।
समूहमा तीन अंक जोडेको स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ।
एक एक अंक जोडेका क्यामरुन र सर्बिया क्रमश: तेस्रो र चौथो स्थानमा छन्।
अब अन्तिम चरणमा ब्राजिल र क्यामरुन तथा स्विट्जरल्यान्ड र सर्बिया भिड्नेछन्।