नेपाली राष्ट्रिय भलिबल टोलीले आईतवार मैत्रिपूर्ण खेलमा हङकङलाई ३-२ को सेटमा पराजित गरेको छ। ३४ वर्षपछि हङकङको यान चाउ कोक स्पोर्टस सेन्टरमा नेपालले हङकङलाई २३-२५, २८-२६, २५-२१, २१-२५, १७-१५ को सेटमा हराएको हो।
‘यहाको कोर्टमा खेल्दा सुरुमा केटाहरु अलमलिए तर पछि राम्रो गरे। घरेलु टोली पनि राम्रो हो, नेपालका मुख्य प्रशिक्षक बिरेन्द्रप्रसाद चौधरीले भने,‘हामीले विश्वाश गरेका केही खेलाडीले सोचे जस्तो खेल्न साकेनन् मानबहादुरले सोचे जस्तो खेल्न सकेन बिशेष गरी। उनले राम्रो खेलेको भए हामी सिधा ३ सेटमा जित्न सक्थ्यौ।’
‘लामो यात्रा गरेर आएकाले नेपाली टोली केही थाके जस्तो देखिन्थ्यो। त्यसैले पहिलो सेट उनीहरूको लागि वार्म अप जस्तो भयो,’ हङकङका मुख्य प्रशिक्षक याउ होक चुनले भने,‘पछी उनिहरूले राम्रो खेले । आजको कमजोरीलाई गम्भिर रूपमा बिश्लेशण गरी राम्रो गर्ने छौ।’
‘सुरूमा उनिहरूको खेल बुझ्न समय लाग्यो। हाम्रो पनि तालमेल मिल्न सकेको थिएन,’ नेपाली कप्तान इम रानामगरले भने, ‘पछि उनीहरूको खेल बुझे पछी राम्रो गर्यौं। रीसिभमा राम्रो हुन सकेको छैन भोलि त्यस्मा सुधार गर्नेछौ।’