राम जानकी मन्दिरको आयोजना र हसन्दह स्पोर्टिङ क्लबको संयोजकत्वमा दोस्रो पूर्वाञ्चल स्तरीय पुरूष खुल्ला नक आउट भलिवल प्रतियोगिता हुने भएको छ।
पथरीशनिश्चरे वडा नम्वर ५ स्थित राम जानकी मन्दिर परिसरमा चैत ८ गते देखि सुरू हुने प्रतियोगिता ११ गते राम नवमीको दिन समापन हुने छ।
राम नवमीको अवसर पारेर प्रत्येक वर्ष हुने प्रतियोगितामा यसपटक एक नम्बर प्रदेशका १० टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेताले नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन्।
प्रतियोगितामा दमक स्पार्टिङ क्लव झापा, पथरी स्पोर्टिङ क्लव मोरङ, एपिएफ, पकली सुनसरी, ईनरूवा स्पोर्टिङ क्लव सुनसरी, आयोजक राम जानकी भलिवल क्लव, प्रदेश नं. १ क्षेत्रिय प्रहरी कार्यलय रानी, झुम्का स्पोर्टिङ क्लव सुनसरी, तरहरा स्पोर्टिङ क्लव सुनसरी, मेहरमान स्मृति प्रतिस्ठान बिर्तामोड, झापा र ईटहरी भलिबल क्लव सुनसरीले सहभागिता जनाउनेछन्।
प्रत्येक खेलको म्यान अफ द म्याचलाई सुरेश दाहालले प्रायोजन गरेका छन्। भने प्रथम र दोस्रो ट्रफिको सौजन्यः रेवत बस्नेत (रोशन) ले गरेको आयोजक समितिका अध्यक्ष अध्यक्ष सन्तोस थापाले बताए।
खेलको अनुमानित खर्च ३ लाख १७ हजार २ सय हुने सचिव रमेश दाहालले जानकारी दिए।
हेर्नुहोस् टाइसिट