सशस्त्र प्रहरीको एपिएफ क्लब पोखरामा जारी राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको शीर्षस्थानमा उक्लेको छ।
नेपाल भलिबल संघको आयोजना भएको आरबिबि एनभिए राष्ट्रिय पुरुष क्लबस्तरीय लिग भलिबल प्रतियोगितामा एपिएफले दुई खेलमा सफलता पाए पछि शीर्षस्थानमा उक्लिएको हो। दुई खेलमा नै विजयी बनेको आर्मी १२ अंकका साथ दोस्रो स्थानमा छ।
सशस्त्रले ढोरपाटनलाई हराउँदै र हेल्प नेपालसँग वाकओभर पाएपछि १४ अंकका साथ शीर्षस्थानमा उक्लेको हो । बुधबारको अन्तिम खेलमा हेल्प नेपाल खेल्न मैदान नआए पछि आयोजकले एपिएफलाई वाकओभर दिएको हो। एपिएफले हेल्प नेपालका भारतीय खेलाडी रोहितको आइडिकार्ड मागे पनि हेल्प नेपाल देखाउन सकेन।
बुधबार भएको अर्को खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले ढोरपाटनलाई सोझो सेटले पराजित गर्दै स्पष्ट ३ अंकका जोड्यो। सशस्त्रले २५–१२, २५–२१ र २५–१५ ले लिँदै स्पष्ट तीन अंक जोड्यो। चार खेलेको सशस्त्र भने ११ अंकसहित अंक छ।
आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस र मणिमुकुन्द भलिबल क्बल रुपन्देहीलाई हराउँदै शीर्षस्थानमा पुगेको हो। आर्मीले पुलिसलाई सोझो सेट र मणिमुकुन्दलाई ३–२ को सेटमा हराउँदै ५ खेलबाट १२ अंकका साथ शीर्षस्थानमा पुगेको छ।
आर्मीले पुलिसलाई २५–१९, २५–२१ र २५–१५ को सेटमा हरायो। अर्को खेलमा त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई पराजित गर्दै दुई अंक जोड्यो। बुधबार पोखरा रंगशालाास्थित कास्की जिल्ला भलिबल प्रशिक्षण केन्द्रमा आयोजित पहिलो खेलमा आर्मीले मणिमुकुन्दलाई पराजित गर्न पाँचै सेट खेल्न पुग्यो। पहिलो सेट १७–२५ ले गुमाएको आर्मीले दोस्रो आफ्नो पक्षमा पार्दै खेलमा फर्कियो।
२६–२४ ले लिँदै खेलमा फर्किए पनि आर्मीले तेस्रो सेटमा पुग्दा लय गुमायो। २४–२६ कै अवस्थामा गुमाएको आर्मी चौंथो सेटमा निकै दबाबमा पर्यो। तर धैर्यता देखाएको आर्मीले चौंथो सेट २५–९ मै खुम्चाएर बराबरी गर्यो। अन्त्यमा निर्णायक सेट पुरानै लय दोहोर्याउँदा १५–२ ले जित्दै अंक तालिकाको खातामा दुई अंक जोड्यो।
नेपाल प्रहरी भने पाँच खेलबाट १० अंक छ । त्यसै गरी बुधबार नै भएको अर्को खेलमा नयाँ बजार समाज क्लबले जाउलाखेल क्लबलाई सोझो सेटमा हरायो । २५–१९, २५–१७ र २५–२१ मा हरायो।