त्रिभुवन आर्मी क्लब पोखरामा जारी चौथो आरबिबि एनभिए राष्ट्रिय पुरूष लिग भलिबल प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ।
आर्मी विरुद्धको खेल हेल्प नेपाल अनुपस्थिति भएपछि स्वतह तीन अंक पाउँदै आर्मीले शीर्षस्थानमा उक्लिएको हो। शसस्त्र प्रहरी विरुद्धको चौथो दिनको खेलमा भारतीय नयाँ खेलाडी सहित कोर्ट प्रवेश गरेपछि शसस्त्रले परिचयपत्र माग गरेपछि उत्पन्न विवादकै कारण हेल्प नेपाल पाँचौदिन बिहीबार नेपाल सेनाको त्रिभुवन आर्मीक्लब विरुद्धको खेलमा उपस्थिति जनाएन् ।
शसस्त्र प्रहरी बलको एपीएफ क्लब विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित हुदाँ शीर्षस्थानबाट दोस्रोमा झरेको छ । शसस्त्र प्रहरीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले अंक तालिकामा १३ अंक जोड्दै तेस्रो स्थानमा छ । शसस्त्र प्रहरीबलको १४ अंकसहित दोस्रोमा रहदाँ त्रिभुवन आर्मीको १५ अंकसहित शीर्षस्थान छ । पुलिसले शसस्त्रलाई ३–१ को सेटमा हरायो ।
पुलिसले २५–१७, २५–२१, २४–२६ र २५–१७ ले जितेको हो । प्रतियोगिताको पाँचौ दिन बिहीबार ढोरपाटन स्पोर्टस क्लबले पहिलो जित दर्ता गर्ने क्रममा जावलाखेल भलिबल टे«निङ सेन्टरलाई पराजित गर्दै तीन अंक जोड्यो । ढोरपाटनले जावलाखेल माथि २५–१७, १८–२५, २५–१८ र २५–१८ को सेटमा पराजित गरेको थियो ।
यसैगरी नयाँबजार सामाजिक युवा क्लबले ढोरपाटनलाई सोझो सेटमा पराजित गर्दै अंक तालिकाको खातामा ३ अंक जोड्यो । यो सँगै नयाँबजारको ९ अंक पुगेको छ । नयाँबजारले ढोरपाटन माथि सोझो सेटले पराजित गर्ने क्रममा २५–२२, २५–१८ र २५–१८ स्कोर निकाल्यो । अब नयाँबजारले अन्तिम खेल भने त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।
मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले दोस्रो जित निकाल्दै अंक तालिकामा ८ अंक जोडेको छ । बिहीबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा जावलाखेल विरुद्दको खेल जित्दै ८ अंक पुर्याएको हो । जावलाखेलमाथि सोझो सेटमा जित निकाल्ने क्रममा २५–१४, २५–१२ २५–२० स्कोर रह्यो ।