तेश्रो होङ्गान्जी न्युडायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफले जितेको छ। आइतबार भएको फाइनलमा एपिएफले न्युडायमण्डलाई ३–० को सोझो सेटमा हरायो।
एपिएफले न्युडायमण्डमाथि २५–२०,२५–२३,२५–१८ को सहज जित निकाल्यो। गोंगबु नयाँ बसपार्क स्थित ढोरपाटन क्लबको कार्टमा सम्पन्न फाइनल खेलमा एपिएफकी सरस्वती चौधरी र न्युडायमण्डकी प्रतिभा मालीले समान २६-२६ अंकको योगदान दिएका थिए ।
प्रतियोगितामा एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट खेलाडीको उपाधि जितिन्। उनले नगद २१ हजार १ सय १ रुपैयाँ प्राप्त गरिन्।
विधातर्फ बेष्ट स्पाइकरको उपाधि न्युडायमण्डकी प्रतिभा मालीले जितिन,बेष्ट सेटर न्युडायमण्डकी अरुणा शाहि चुनिदा डायमण्डकै सलिना श्रेष्ठले बेष्ट डिफेन्सको उपाधि हात पारिन्। पुलिसकी कोपीला रानाले बेष्ट क्विईकरको उपाधि जितिन्। सरस्वती चौधरीले बेष्ट सर्भरको उपाधि पनि जितिन् ।
एपिएफकी हिरा केसी बेष्ट ब्लकर चुनिदा एपिएफकै महेशबहादुर चौधरी बेष्ट कोच भए। बिधागततर्फ उत्कृष्ट भएका सबैले जनही ७ हजार १ सय १ रुपैयाँ हात पारे ।
प्रतियोगिताको उपाधि विजेता एपीएफले ४ लाख १ हजार १ रुपैयाँ प्राप्त गर्दा उपविजेता आयोजक न्युडायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँ गर्यो।
तेस्रो हुन पुलिसले १ लाख ५१ हजार १ सय १ रुपैयाँ हात पार्दा चौथो भएको आर्मीले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गरेको छ।