विश्व वरीयतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६ औँ स्थानमा रहेको छ। अन्तर्राष्ट्रिय भलिबल महासङ्घले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहँदै सो स्थानमा रहन सफल भएको हो।
नयाँ वरीयतामा नेपालको ५७ अङ्क रहेको छ।
वरीयताको शीर्ष स्थानमा भने चीन रहेको छ। त्यसैगरी अमेरिका दोस्रो स्थानमा छ भने ब्राजिल तेस्रो, इटाली चौथो र टर्की पाँचौँ स्थानमा छन्।
नेपाली महिला भलिबल टोली एशियाली राष्ट्रको वरीयतामा भने १७औँ स्थानमा रहेको छ ।
पुरुषतर्फको वरियतामा भने नेपाल १३६औँ स्थानमा रहेको छ। नेपालको ५० अङ्क छ।
पुरुषको वरियतामा ब्राजिल पहिलो स्थानमा छ भने पोल्याण्ड दोस्रो, अमेरिका तेस्रो, रुस चौथो र अर्जेन्टिना पाँचौ स्थानमा छन्।
एशियाको वरियतामा नेपालको पुरुष टोली २७औँ स्थानमा रहेको छ।
-रासस