मनोरञ्जनरमण शर्मा अवार्ड राष्ट्रिय भलिबल टोलीका कप्तान ईम राना मगर र प्रतिभा मालीलाई प्रदान गरिएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल भलिबल सङ्घका अध्यक्षसमेत रहेका शर्माले स्थापना गरेको उक्त अवार्डबाट यस वर्ष पुरुषतर्फ मगर र महिलातर्फ मालीलाई सम्मानित गरिएको हो।
मगर पुलिस क्लबमा आबद्ध छन् भने माली न्यू डाइमन्ड एकेडेमीबाट भलिबल खेल्दै आएकी छन्। दुवैलाई जनही रु ३५ हजारबाट पुरस्कृत गरिएको छ । मगर र मालीलाई अध्यक्ष शर्मा तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले अवार्ड प्रदान गरे।
माली र मगर दुबै गत वर्ष स्वदेशमै भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा महिला टोलीको महत्वपूर्ण सदस्य थिए। नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गरेपछि अध्यक्ष शर्माले १० लाखको अक्षयकोष स्थापना गरेका थिए।
उक्त अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट वर्षेनि एक पुरूष तथा एक महिला खेलाडीलाई अवार्ड प्रदान गरिँदै आएको छ। गत वर्ष उक्त अवार्ड पुरुषतर्फ कुलबहादुर थापा तथा महिलातर्फ सरस्वती चौधरीले प्राप्त गरेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए।